राष्ट्रिय युवा परिषदद्वारा १२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम
राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ। स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी वनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि विदा हुनेछन् । विदा भएपछि उनीहरु पुनस् वेरोजगार बन्नेछन् ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, 'निर्वाचन सकिए लगत्तै वेरोजगार बन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्वरोजगार बन्न प्रेरित गर्न हामीले उद्यमशीलता तालिम दिएका हौं ।' परिषदले भक्तपुर र धादिङका १२५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजीकरण , वित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएको छ।
तालिमको दौरानमा नेपाल सरकारद्वारा जारी गरिएको 'सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्वन्धि सम्वन्धि एकीकृत कार्यविधि -२०७५' मा केन्द्रित रहेर तालिम दिइएको परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्माले वताए । तालिमबाट स्वदेश भित्रै स्वरोजगार बन्न म्यादी प्रहरीका सहभागीहरू निकै उत्साहित भएको शर्माले वताए।
अहिलेसम्म भक्तपुरमा अलग–अलग समुह बनाएर ५५० जना म्यादी प्रहरीलाई उद्यम तालिम दिइएको छ। तालिम कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत उपस्थिति रहेको थियोे। यस्तै धादिङमा विभिन्न समुह बनाएर ७०० जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषदका तालिम शाखा प्रमुख दिनेश घिमिरेले वताए । धादिङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको समेत सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध उत्खननको आरोपमा खानी मुद्दा खेप्दै पाल्पा सिमेन्ट
-
‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
-
प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
-
नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव
-
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध