बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय युवा परिषदद्वारा १२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

मङ्गलबार, ०६ वैशाख २०७९, ०८ : १३
मङ्गलबार, ०६ वैशाख २०७९

राष्ट्रिय युबा परिषदले स्थानीय निर्बाचन प्रयोजनका लागि छनौट भएका ' म्यादी प्रहरी ' लाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्बरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ। स्थानीय निर्बाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभाबकारी बनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि  बिदा हुनेछन् । बिदा भएपछि उनीहरु पुन: बेरोजगार बन्नेछन् ।

राष्ट्रिय युबा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने - ' निर्बाचन सकिए लगत्तै बेरोजगार बन्न जाने युबा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्बरोजगार बन्न प्रेरित गर्न हामीले उद्यमशीलता तालिम दिएका हौं ।'  परिषदले भक्तपुर र धादिङका १२५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजीकरण , बित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएको छ।

तालिमको दौरानमा नेपाल सरकारद्बारा जारी गरिएको ' सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि  सम्बन्धि एकीकृत कार्यबिधि -२०७५' मा केन्द्रित रहेर तालिम दिइएको परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए । तालिमबाट स्बदेश भित्रै स्बरोजगार बन्न म्यादी प्रहरीका सहभागीहरू निकै उत्साहित भएको शर्माले बताए।

अहिलेसम्म भक्तपुरमा अलग-अलग  समुह बनाएर ५५० जना म्यादी प्रहरीलाई उद्यम तालिम दिइएको छ। तालिम कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माको समेत उपस्थिति रहेको थियोे। यस्तै धादिङमा बिभिन्न समुह बनाएर ७०० जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषदका तालिम शाखा प्रमुख दिनेश घिमिरेले बताए । धादिङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको समेत सहभागी भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप