शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महानगर र उपमहानगरको सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै

मङ्गलबार, ०६ वैशाख २०७९, ०७ : ४७
मङ्गलबार, ०६ वैशाख २०७९

आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्न लागेको सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । आइतबार र सोमबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि आज पुन बैठक बस्न लागेको हो ।

काँग्रेसले काठमाडौं, ललितपुर विराटनगर र पोखरामा पनि दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ । माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिब करिब सहमति जुटिसकेको बुझिएको छ ।

आज महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने मन्त्री कार्कीको दाबी छ । महानगरभन्दा उपमहानगरको सिट बाँडफाँट​ थप पेचिलो छ ।

काँग्रेसले ११ उपमहानगरको प्रमुख लिएर उपप्रमुख माओवादी, एकीकृत समाजवादी र जसपालाई दिने प्रस्ताव राखेको छ । तर माओवादी केन्द्रले घोराही र जितपुर सिमरा, समाजवादीले हेटौंडा तुलसीपुर र इटहरीमा दाबी गरेको छ । यस्तै जसपाले जनकपुर, नेपालगन्ज र कलैया उपमहानगरपालिका प्रमुख मागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप