शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

चहलको ह्याट्रिक र बटलरको शतकमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

मङ्गलबार, ०६ वैशाख २०७९, ०६ : ३८
मङ्गलबार, ०६ वैशाख २०७९

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । सोमबार राति मुम्बईमा राजस्थानको जितमा स्पिनर युजभेन्द्र चहलले ह्याट्रिक र जस बटलरको शतक प्रहार गरे ।

२१८ रनको विजयी लक्ष्य पाएको कोलकाता १९ ओभर ४ बलमा २१० रनमा समेटियो । कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए । आरोन फिन्चले ५८ रनको योगदान गरे ।​ युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनायो ।​ राजस्थानका जस बटलरले ६१ बलमा बिष्पोटक ब्याटिङ गर्दै १०३ रन बनाए । बटरलको जारी सिजनमा दोस्रो शतक हो । कोलकाताका सुनिल नारायणले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप