बार्सिलोना पराजित
मङ्गलबार, ०६ वैशाख २०७९, ०६ : १६
लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ । भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको हो । बाँकी समय घरेलु टोली बार्सिलोनाले नोउ क्याम्पमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।
हारसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको दोस्रो स्थानमा अंक दूरी बढाउने अवसर गुमायो । समान ६० अंक भएपनि सेभियालाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा छ । सेभियाले एक खेल बढी खेलेको छ ।
काडिज भने ३१ अंक सहित १६ औं स्थानमा छ । शीर्ष स्थानमा भने रियल मड्रिड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा
-
अमेरिकामा ट्रान्सजेन्डर खेलाडीले महिलाको श्रेणीमा खेल्न नपाउने
-
मिलनको ‘काली’ मा समिक्षाको अभिनय
-
काठमाडौँमा आगामी शनिबार ‘इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता’ हुने
-
सलाम दक्षिण अफ्रिका !
-
गगन थापामाथि उठेका शङ्कैशङ्का र प्रश्नैप्रश्न