सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

एमाले बैठकका ८ निर्णय : चुनाव सार्ने प्रयास भएको आरोप

सोमबार, ०५ वैशाख २०७९, २१ : ५३
सोमबार, ०५ वैशाख २०७९

नेकपा एमालेले यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन सार्ने प्रयासमा सरकार लागेको  आरोप लगाउँदै त्यो प्रयास असफल पार्न कडा प्रतिवाद गर्ने जनाएको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यसका लागि सम्पुर्ण पार्टी कमिटी परिचालन गर्ने बैठकले निर्णय गरेको बैठकपछि गुरुङले जानकारी दिए । बैठकले एमालेको चुनावी घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदा पारित गरेको छ ।

त्यसैगरी प्रदेश र प्रतिनिधि सभामा बन्द सुचीमा रहेका नामहरू हटाउने र निर्वाचन आयोगलाई जानकारी दिने, थप १२ वटा विभाग गठन गर्ने, १०५ जना थपेर २७८ सदस्यीय सल्लाहकार परिषद बनाउने, ५१ जनाको सम्पर्क समन्वय कमिटी बनाउने सिफारिस अनुमोदन, बैशाख ९ गते पार्टीको घोषणापत्र सार्वजनिक गर्दै पालिकाहरुमा पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी वैशाख ९ गते नै जेष्ठ कम्युनिस्ट सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप