जनमत पाटीले लगायो उम्मेदवारको टुंगो
आसन्न स्थानिय तहको निर्वाचनका लागि डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार छनोट प्रक्रियाको कार्य सम्पन्न गरेको छ । सोमबार जनकपुरधामस्थित जनमत पार्टीको सचिवालयको कार्यालयमा मुलुकभरकै करिब ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको हो ।
विभिन्न पालिकामा एकभन्दा बढी आंकाक्षी रहेपनि एकढिक्का भएर उत्साह साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसहित सदस्यहरुको नाम टुंगो लागेको जनमत पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले जानकारी दिए ।सबै पालिकाको उम्मेदवारहरूको चयन प्रक्रिया समाप्त भएपछि औपचारीकरुपमै सार्वजनिक गर्नका लागि आन्तरिक गृहकार्य थालिएको महासचिव सिंहले बताए ।
उनले मधेश प्रदेशको एक महानगर, तीन उपमहानगर र पालिकाहरुको सर्वसम्मतरुपमै टुंगो लागेको समेत बताए । उनले मधेश प्रदेश, प्रदेश नम्बर १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही पालिकामा समेत जनमत पार्टीको तर्फबाट उम्मेदवार उठाउने स्पष्ट पारे । उनले कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्ने योजना नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी