शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन माओवादी केन्द्र गुल्मीका प्रमुख पदका उम्मेदवार

सोमबार, ०५ वैशाख २०७९, २१ : २१
सोमबार, ०५ वैशाख २०७९

जिल्ला स्तरमा सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति भएलगत्तै नेकपा माओवादी केन्द्र गुल्मीले चार वटा गाउँपालिकाको प्रमुख पदको उम्मेदवारहरूलाई अगाडी सारेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकामा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य युवराज केसी (बसन्त) लाई अगाडि सारेको छ । केसीले पालिकामा बौद्धिक र विकास प्रेमी नेताको छवि बनाएका छन् । 

अघिल्लो निर्वाचनमा समेत पालिका प्रमुखको उमेदवार रहेका उनी काँग्रेस, एमालेसँग एक्ला-एक्लै भिड्दा तेश्रो शक्ति भएपनि काँग्रेसकै हाराहारीमा मत प्राप्त गरेका थिए । संगठन मजबुद भएको बताउने केसीले काँग्रेससँग चुनावी तालमेलको चर्चा नहुँदै माओवादी केन्द्रले चन्द्रकोटमा  एक्लै जित्न सक्ने बताउने गरेका थिए । माओवादी केन्द्रले केसीको नाम सिफारिस गरेपनि काँग्रेसले पनि दाबी गर्दै आएका कारण समस्या आएको छ ।

यस्तै रुरुक्षेत्र गाउँपालिकामा युवा नेता  यदु ज्ञवाली माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखको उमेदवार हुने भएका छन् । अघिल्लो निर्वाचनमा काँग्रेस, माओवादी केन्द्रबीचको तालमेल हुँदा पनि उनी साझा उमेदवार थिए । तर पराजय भएका थिए । यो निर्वाचनमा आफूले सहजै जित हाँसिल गर्ने उनको दावी छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल दोहरिने गरी चुनावी प्रचारमा जुटेका छन् । उनले माओवादी केन्द्र एक्लै उठे पनि आफूले जित्ने दाबी गरेका छन् । यो पालिकामा काँग्रेसले पनि प्रमुख पदमा दाबी गर्दै आएको छ ।

यस्तै मालिका गाउँपालिकामा माओवादी केन्द्रका युवा नेता देविराम अर्याल (अमृत) लाई  गठबन्धनबाट पालिका प्रमुखको साझा उमेदवार घोषणा  गरी सकिएको छ ।  उपप्रमुखको साझा उमेदवार  काँग्रेसका नेता उपेन्द्र अर्याललाई बनाइँदै छ ।

माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले केहि पालिका र वडाहरूमा उमेदवार मिलाउन सकस भइरहेको बताए । काँग्रेसले भने हालसम्म मुसिकोट नगरपालिकाको मेयर पदको उम्मेदवार मात्र टुङ्गिएको छ । यस पालिकामा काँग्रेसले हरिनारायण सापकोटालाई प्रमुख पदको उमेदवार घोषणा गरेको हो ।  जिल्लाका १२ पालिकामध्ये ४ वटामा माओवादी केन्द्रले पाउने बताइएको छ । ८ वटा पालिका काँग्रेससँग छ । तर काँग्रेसले एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतलाई पनि मिलाएर लैजानु पर्ने जिम्मेवारीमा रहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप