बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकाले मे १२ मा ग्लोबल कोभिड शिखर सम्मेलनको  गर्ने

सोमबार, ०५ वैशाख २०७९, २० : ३८
सोमबार, ०५ वैशाख २०७९

कोभिड-१९ सङ्कटको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन मे १२ मा आयोजना गर्न लागिएको ह्वाइट हाउसले सोमबार जनाएको छ।

वर्तमान जी ७ अध्यक्ष जर्मनी,   जी २० अध्यक्ष इन्डोनेसिया, अफ्रिकी संघ अध्यक्ष सेनेगल, र बेलीज, क्यारिकोम क्यारिबियन समूहको वर्तमान अध्यक्ष राष्ट्रहरू सहित अमेरिकाले भर्चुअल भेलाको सह(अध्यक्षता गर्नेछ ।

"शिखर सम्मेलनले कोभिड(१९ महामारीको तीव्र चरणको अन्त्य गर्न र भविष्यमा देखापर्न सक्ने स्वास्थ्य खतराहरूको लागि तयारी गर्न हाम्रो सामूहिक प्रयासलाई दोब्बर बनाउनेछ,"  उक्त देशहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप