शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न ३ जना पक्राउ

६६ करोड कारोबार गरेको भेटियो
सोमबार, ०५ वैशाख २०७९, २० : ०७
सोमबार, ०५ वैशाख २०७९

राष्ट्र बैंकको निर्देशन विपरित अवैध रुपमा डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भएका २४ वर्षका दिपेश थापा र काठमाडौंको बाफल घर भएका २७ वर्षका राहुल चचान छन् ।

३ जनाले ६६ करोडभन्दा बढी रकम कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । वैशाख ४ र ५ मा उनीहरु महाबौद्ध, न्युरोड र कलंकीबाट पक्राउ परेका हुन् ।

उनीहरुविरुद्ध प्रहरीले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन–२०७३ अनुसार म्याद लिएर अनुसन्धान भइरहेको एसपी कोइरालाले जानकारी दिए । अनुप मिश्रले सन् २०२१ यता ३५ करोड ४६ लाखभन्दा बढीको कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ । उनको खातामा अहिले १२ हजार अमेरिकी डलर बराबरको बिट क्वाइन मौज्दात छ ।

आरोपी दिपेश थापाले २४ करोड ७९ लाख कारोबार गरेको थाहा भएको छ । त्यस्तै राहुल चचानले ६ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप