छात्रालाई दूव्र्यवहार गर्ने शिक्षकलाई ७ दिन हिरासतमा राख्न अनुमति

नवलपरासी जिल्लाको गैँडाकोट– ५ स्थित जनक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दूव्र्यवहार गरेको विषयमा पिडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप आदेश लिएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा किटानी जाहेरी दिएपछि प्रहरीले म्याद थपको आदेश लिएर थप अनुसन्धान प्रक्रिया आगाडि बढाएको छ । विद्यालयको कक्षा १२ मा अध्ययनरत एक छात्रालाई शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको घटना आइतबार बाहिर आएपछि विद्यालयमा तोडफोड भएको थियो । आज पिडित पक्षले शिक्षकलाई लिखित रुपमा किटानी जाहेरी दिएपछि प्रहरीले म्याद थपको आदेश लिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) डिएसपी सन्तोष पाठकले बताए । शिक्षकलाई प्रहरीले आइतबारे नियन्त्रणमा लिएको थियो ।
विद्यार्थीहरुले प्रधानाध्यापक तथा शिक्षकको मोटरसाईकल तोडफोड गरेपछि लफडा भएको प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय गौडाकोटा प्रहरी निरीक्षकसहित १० जना घाइते भएका थिए । घटना केही दिनअघि भएपनि हिजो विद्यार्थीहरुले थाहा पाएपछि कारबाहीको माग गर्दै तोडफोड गरेका थिए । प्रधानाध्यापकले विद्यालयभित्रै घटना मिलाउन खोजेपछि विद्यार्थी आक्रोशित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहकै कारण राजतन्त्र ढलेको थियो : गैरे
-
जेनेभामा के गर्दैछिन् परराष्ट्रमन्त्री देउवा ?
-
गोविन्दा र सुनिताले गर्न लागेका हुन् सम्बन्धविच्छेद ?
-
महाशिवरात्रिमा ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ भिड्दै
-
प्रतिनिधि सभा बैठक : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरूको माग
-
ओली जोरपाटीमा, ४ जना पक्राउ