हुम्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति, यस्तो छ ०७४ को अंकगणित
कर्णाली प्रदेशको हुम्लामा पनि सत्ता गठबन्धन दलहरुमा चुनावी तालमेल नहुने भएको छ । यद्यपि दलहरूको सहमतिमै एका-अर्कालाई सघाउने गरी स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरिएको नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले रातोपाटीलाई जानकारी दिए ।
स्थानीय तहको नेतृत्वको भागबण्डा नमिलेपछि यस्तो निर्णय गरेको उनको भनाइ छ । सोमबार बसेको गठबन्धनको बैठकमा पालिका बाँडफाँडमा कुरा मिल्न नसकेको हो । हुम्लामा ०७४ को स्थानीय तहको निर्वाचनमा भने माओवादीले धेरै स्थान जितेको छ । तर काँग्रेसका नेताहरु भने जनमतका आधारमा काँग्रेस नै बलियो रहेको दाबी गर्छन् । माओवादी केन्द्रले ७ वटा गाउँपालिका मात्र रहेको हुम्लामा चारवटा पालिकामा प्रमुख, एउटामा उपप्रमुख र १९ वटा वडामा जितेको छ ।
काँग्रेसले २ पालिका प्रमुख, एउटा उपप्रमुख र १० वटा वडामा जितेको छ भने एमाले कमजोर देखिन्छ । एमालेले एउटा पालिकाको प्रमुख जित्दा तीन वटामा उपप्रमुखसहित १० वटा वडा जितेको छ । यहाँ ४४ वटा वडा रहेका छन् । यस्तै हुम्लामा ४४ वडा मध्ये ४ वटा वडा र दुईटा उपप्रमुख स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।
०७४ मा कुन दलको अवस्था कस्तो ?
अदानचुली गाउँपालिका
यो गाउँपालिकामा एमालेले जितेको छ । एमालेका दल फडेराले एक हजार १८५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा माओवादी दलु फडेरा ९८७ र काँग्रेसका लोकेन्द्र भण्डारीले ७८४ मत ल्याएका थिए । उपाध्यक्षमा पनि एमालेका सौमति रावल एक हजार २२१ मत ल्याएर निर्वाचित भएकी थिइन् ।
खार्पुनाथ गाउँपालिका
यहाँ काँग्रेसका कर्णबहादुर रावलले एक हजार ११० मत ल्याएर निर्वाचित भएका थिए भने माओवादी केन्द्रका गणेश रावलले ५३३ मत ल्याएका थिए । उपाध्यक्षमा काँग्रेसकै सिन्धु हमालले एक हजार १८ मत ल्याएर निर्वाचित भएकी थिइन ।
नाम्खा गाउँपालिका
यो गाउँपालिकामा माओवादीका विष्णुबहादुर लामाले ८३३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका छिरिङ पाल्जोर लामाले ७९७ र एमालेका नुरजङ तामाङ्ले २०३ मत प्राप्त गरे । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेको पेमा तामाङले ७०४ मत ल्याएर निर्वाचित भएकी थिइन् ।
सर्केगाड गाउँपालिका
यहाँ अध्यक्षमा माओवादीका उम्मेदवारले एक हजार ९२० मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका मंगलबहादुर शाहीले एक हजार ७७५ मत पाएका थिए । उपाध्यक्षमा एमालेका जोशी धामीले एक हजार ८५४ मत ल्याएर निर्वाचित भएका थिए ।
सिमकोट गाउँपालिका
यस गाउँपालिकामा काँग्रेसका पदमबहादुर लामाले एक हजार ३६५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा माओवादीका महेन्द्रबहादुर शाहीले एक हजार २४१ र एमालेका नरबहादुर रोकायाले ८९१ मत पाए । यहाँ पनि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेकी छन् । स्वतन्त्र उम्मेदवार बली रावतले एक हजार ३७५ मत ल्याएर जितेकी छन् ।
चङ्खेली गाउँपालिका
यहाँ माओवादीका धनलाल चौलागाइँले एक हजार २२४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए भने काँग्रेसका प्यारीलाल शाहीले एक हजार ५५ मत ल्याएका थिए । एमालेका खड्ग ऐरी १९ मतमा सीमित भए भने उपाध्यक्षमा एमालेकी विमला कुमारी शाहीले एक हजार २३ मत ल्याएर निर्वाचित भइन् ।
ताँजाकोट गाउँपालिका
यहाँ पनि माओवादीको वर्चश्व छ । माओवादीका बाग्दल मल्लले एक हजार ३६९ मत ल्याएर निर्वाचित भएका थिए भने उपाध्यक्षमा माओवादीकै मञ्जु बुढाले एक हजार २९१ मत ल्याएर निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी