शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन बैठकपछि सञ्चारमन्त्रीले भने–सहमति नजिक पुगेका छौँ, भोलि सार्वजनिक गर्छु

सोमबार, ०५ वैशाख २०७९, १९ : ०८
सोमबार, ०५ वैशाख २०७९

सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन । यद्यपि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगिएको बताउँदै भोलि सहमतिको सबै विवरण सार्वजनिक गर्ने बताए । 

धेरै ठाउँमा भागबण्डाबारे सहमति नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन मंगलबार साँढे ११ बजे पुनः बैठक बोलाइएको कार्कीले जानकारी  दिए । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरूबीच व्यापक छलफल भएको र भोलि त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको उनको भनाइ छ । 

‘चुनावी तालमेलका बारेमा हामीले गम्भिरतापूर्वक छलफल गरेका छौं । र सहमतिको नजिक हामी पुगेका छौं । भोली साँढ बजे पनि सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा यसरी नै बैठक बस्नेछ । र, मलाई विश्वास छ–भोली यो-यो ठाउँमा यसरी सहमती भयो भनेर जानकारी गराउन सक्दछु । समग्रमा हामी सबै ठाउँमा सहमतिको नजिक पुगेका छौं । र, यसलाई अन्तिम रुप दिनका निमित्त भोली बैठक बस्दैछौ । धेरै ठाउँमा सहमतिको नजिक पुगेका छौं । सकारात्मक ढंगले अघि बढनुपर्छ भन्ने कुरामा गठबन्धनका सबै नेताहरु सहमत हुनुहुन्छ । महानगर ६ वटा उपमहानगरपालिका ११ वटा गरेर १७ वटा छन । ती सबै ठाउँमा हामीले वस्तुगत रुपमा नै छलफल गरेका छौं । र, यो छलफल सकारात्मक छ । र, भोलि हामी यसलाई अन्तिम रुप लिएर भोली म सार्वजनिक गर्नेछु ।’

बैशाख ३० गते स्थानीय तहका निर्वाचन सम्पन्न हुँदैछ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । सोहीअनुसार भागबण्डा मिलाउन गठबन्धन दलहरु प्रयासरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप