शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा गठबन्धनको अर्का कार्यदल गठन

एमालेले जितेका आधा ठाउँमा एकीकृत समाजवादीले दाबी
सोमबार, ०५ वैशाख २०७९, १९ : ०५
सोमबार, ०५ वैशाख २०७९

लुम्बिनी प्रदेशमा गठबन्धनको बैठकले कार्यदल बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको सचिवालयमा सोमबार बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठको संयोजकत्वमा  कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादी केन्द्रका तुलाराम घर्ती, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, जनता समाजवादी पार्टीका यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाका चेतनारायण आचार्य रहेका छन् ।

गठबन्धनले सिट बाँडफाँड र उम्मेदवारका बारेमा सहमति जुटाउने छ । यस्तै बैठकका एकीकृत समाजवादीले लुम्बिनी प्रदेशमा एमालेले जितेका आधा ठाउँमा दाबी गरेको छ । लुम्बिनीका १ सय ९ स्थानीय तह रहेका छन् । जसमध्ये २०७४ सालको चुनावमा एमालेले ४३ सिट जितेको थियो । यसको आधा २२ सिटमा एकीकृत समाजवादीले दाबी गरेको हो ।

बैठकमा जसपाले पनि २२ पालिका पाउनु पर्ने दाबी गरेको छ । २५ वटा उपप्रमुख पाउनुपर्ने बताएको छ । जसपाले आफूहरुले जितेका स्थानीय तहमा भनेजति सिट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने बताएको थियो । माओवादी केन्द्रले विगतमा आफूले जिते भन्दा केही बढी सिट पाउनुपर्ने माग राखेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप