मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

सोमबार, ०५ वैशाख २०७९, १९ : ००
सोमबार, ०५ वैशाख २०७९

 केन्द्रीय कारागारमा थुनामा रहेर उपचारको क्रममा भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत २९ मा उपचारको क्रममा वीर अस्पतालबाट भागेका ४५ वर्षीय राजेश तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका तिरुवा बलात्कार मुद्दामा केन्द्रिय कारागारमा थुनामा थिए । ‘प्यारालाइसिस’ भएको बताएपछि कारागार प्रशासनले उनलाई उपचारका लागी वीर अस्पतालमा भर्ना गरेको थियो । सुरक्षामा खटिएका ४ जना प्रहरीको आँखा छलेर उनि अस्पतालबाट भागेका थिए । 

सोमबार बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनबाट उनलाई पक्राउ गरिएको एसपी मैनालीले बताए । प्रहरीले उनलाई केन्द्रिय कारागारमा थुनामा पठाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप