शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी

सोमबार, ०५ वैशाख २०७९, १८ : ४४
सोमबार, ०५ वैशाख २०७९

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट अवधिको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सका देखाइएको छ । 
निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशको अलवा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो, भने सम्वाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । दर्शकहरुले औधी मन पराएको पूजा र आकाशको जोडीलाई दर्शकले एउटै फिल्ममा हेर्न नपाएको धेरै भएको छ । सोही सन्दर्भमा केही दिनअघि सार्वजनीक यो फिल्मको ‘परेलीमा’ बोलको गीतले पनि दर्शक स्रोताको मन जितिरहेको छ । ट्रेलरले त फ्यानहरुमा अझै खुसीयाली ल्याउने बिश्वास निर्माण पक्षको छ । 

पछिल्लो समय उनीहरुबीच सम्बन्ध चिसिएको हल्ला चलिरहेको छ । ट्रेलरमा पनि पूजा र आकाशबीचको सम्बन्धमा असमझदारी भएको झलक देखाइएको छ, जुन कुरा उनीहरुको वास्तविक जीवनसँग मेल खान गएको छ । तर, कतिपयले भने ‘सम्झना–बिर्सना’ ले यी दुईको पुनः मिलाप गराउने अनुमान समेत गरेका छन् । 

आदित्य फिल्मस्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन्, भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।


                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप