बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेल्जियममा बिना कागजात बसिरहेका अल्जेरियन नागरिकले जब लाखौं डलरको चिठ्ठा जिते

सोमबार, ०५ वैशाख २०७९, १८ : २०
सोमबार, ०५ वैशाख २०७९

बेल्जियममा बिना कागजात बसिरहेका एक जना अल्जेरियन नागरिकले आफूले जितेको अढाई लाख युरो (२,७०,००० अमेरिकी डलर)को पुरस्कार हात पार्न कानुनी संघर्ष गर्नुपरेको छ।​ चिठ्ठा कार्यक्रम संचालकले विजेताले उनको पहिचान खुलाउने कागजात ल्याए मात्र पैसा दिनसक्ने भनेर पन्छिरहेका छन्। 

नाम नखुल्याइएका विजयी अल्जेरियन नागरिक आफ्नै पहिचान पुष्टि गर्ने कानुनी लडाई लडिरहेका छन्। ‘मेरा क्लाईन्ट गैरकानुनी हैसियतमा बेज्जियम बसिरहेका व्यक्ति हुन्् । उनीसँग न त कुनै कागजात छ न कुनै बैंक एकाउन्ट नै । हामीहरु अहिले उनको पहिचान प्रमाणित गर्ने प्रयास गरिरहेका छौं।’ २८ वर्षे अल्जेरियन नागरिकका वकिल एलेक्ज्याण्डर भर्सट्रेएटले भने ।

भर्सट्रेएटका अनुसार उनका क्लाईन्टले किनेको स्क्य्राचकार्ड हाल ब्रुग्स सहरको अदालतको कब्जामा छ। विजेताको स्क्य्राचकार्ड बोकेर उनका तीन साथी पुरस्कार रकम लिन गएपछि उनीहरु पक्राउ परेका थिए भने स्क्य्राचकार्ड कब्जामा लिइएको थियो । 

पक्राउ परेका तीन जनालाई प्रहरीले चोरीको आरोपमा एक रात हिरासतमा राख्यो। अर्को दिन असली विजेता वकिलसहित कारागार पुगेर छुटाएका थिए। ​भर्सट्रेएटले उनको क्लाईन्टले बेल्जियममा बस्ने उद्देश्य नराखेको र प्रशासनले पुरस्कार रकम हासिल नभएकोसम्म उनलाई सुपुरदगी नगर्ने प्रत्याभुत दिएको बताए। 

चिठ्ठा कार्यक्रमका संचालकका अनुसार विजेयी भएको चिठ्ठा पाच युरो(५.५ अमेरिकी डलर)को थियो। बेल्जियममा १,००,००० युरो (१,०८,००० अमेरिकी डलर)भन्दा बढिको चिठ्ठाको पुरस्कार रकम विक्रेताले सोझै वितरण गर्न पाउदैनन्। यसका लागि विजेता रकम लिनको लागि कम्पनीको मुख्यालयमा जानुपर्छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप