५ हजार एकसय ६ मिटर उचाइमा उपन्यास ‘भाइरस लभ’ लोकार्पण
कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाइमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाइमा लोकार्पण गरिएको हो ।
पुस्तकलाई पत्रकार कृष्ण भुसाल, भिडियो निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतले ५ हजार एकसय ६ मिटर उचाइमा लोकार्पण गरेका थिए । १९२ पेजको उपन्यास चालीस भाग विभाजन गरिएको छ । कार्यक्रममा सहभागी भुषाल, चन्द र अधिकारीले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।
यति धेरै उचाइमा उपन्यास लोकार्पण गरिएको विश्वमा यो नै पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्यायले जानकारी गराए । शिखा बुकले प्रकाशन गरेको १९२ पेजको उपन्यासको मूल्य ३७५ राखिएको छ । डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, प्रकाशन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा