बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

विश्रामको ‘के छ मसँग’ मा अमृत र नग्माको रोमान्स

सोमबार, ०५ वैशाख २०७९, १७ : ३६
सोमबार, ०५ वैशाख २०७९

गायक विश्राम रायमाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायमाझीकै शब्द तथा संगीत छ, भने एरेन्ज मुस्कान मुकारुङको रहेको छ ।

गीतको भिडियो किरण क्रियसनले निर्माण गरेको छ । जसमा अमृत गुरुङ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमी-प्रेमीकाको कथा बुनिएको भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । अमृत शाही ठकुरीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक टेकेन्द्र शाह आफैले गरेका छन् ।

कार्यक्रममा गायक दिनेश बान्तवा, गीतकार विपिन किरण लगायतले गीतको सफलताका लागि शुभकामना दिएका थिए । गीतको शब्द, संगीत, स्वरका अलवा भिडियोमा पनि धेरै मिहिनेतका साथ तयार गरिएकोले गीत र भिडियो दुबै श्रोता तथा दर्शकले रुचाउने विश्वास आफुले लिएको गायक विश्राम रायमाझीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप