आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हस्तकलाका सामाग्रीको निर्यात बढाउन चेम्बर र महासंघबीच सहकार्य

सोमबार, ०५ वैशाख २०७९, १७ : ३६
सोमबार, ०५ वैशाख २०७९

नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघले हस्तकला सामानको उत्पादन र निर्यात प्रबर्द्धनमा सहकार्य गर्ने भएका छन् । व्यापार घाटा न्यूनीकरणमा हस्तकलाका सामाग्रीको महत्वपूर्ण भूमिका रहेको भन्दै चेम्बर र महासंघले सहकार्य गर्ने भएका हुन् ।

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासंघसँग हातेमालो गरेर अघि बढ्ने बताए । महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्तकलाका वस्तुहरुको अन्तराष्ट्रिय प्रदर्शनी एवम् मेलामा सहभागिताका लागि आफुले सक्दो पहल गर्ने बताए ।

‘चरम व्यापार घाटा न्यूनीकरणका लागि वर्तमानको एउटै विकल्प भनेको हस्तकलाका सामानहरुको अन्तराष्ट्रियकरण गरेर निर्यात प्रवर्द्धन गर्नु नै हो,’ उनले भने । हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गर्नुका साथै सीप, कला कौसलका माध्यमबाट संस्कृतिको संरक्षण र सम्वर्द्धनमा ठूलो सहयोग गर्दै आएको मल्लले बताए ।

अमेरिका, अधिकांश युरोपेली मुलुक, जापान, चीन, भारत, कोरिया लगायत एसियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामानहरु निर्यात भइरहेको भन्दै अध्यक्ष मल्लले राज्यबाट सहुलियत प्राप्त हुने हो भने आर्थिक रुपमा धेरै लाभ लिन सकिने बताए । हस्तकलाका सामान निर्यातका क्रममा भन्सार सहजीकरण, व्यवसायीलाई राहत उपलब्ध गराउन तथा अन्य नीतिगत सुधारका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले आफुहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरुको निर्यातका लागि भन्सार लगायतका ठाउँमा विभिन्न नीतिगत समस्या रहेको सुनाए । निर्यात गर्ने व्यवसायीलाई सरकारले राहतको व्यवस्था गरेपनि वास्तविक व्यवसायीले पाउन नसकेको शाक्यले गुनासो गरे । निर्यात सहजीकरण गरिदिन शाक्यले नेपाल चेम्बर अफ कमर्ससँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप