आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा ५ करोडको कारोबार

सोमबार, ०५ वैशाख २०७९, १६ : ४५
सोमबार, ०५ वैशाख २०७९

नयाँ वर्ष २०७९ को आगमनसँगै भक्तपुरमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । महोत्सवमा करिब ४ लाख आगन्तुकहरूले भ्रमण गरेको र ५ करोड बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।

नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला गएरातिबाट सकिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको हो । दैनिक जसो सांस्कृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति भएको मेलाका संयोजक दीपक थापाले बताए ।

यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको थापाले जानकारी दिए । मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू रहेका थिए । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइएको थियो ।

‘फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने ।

औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागिता जनाउँदै आएका छन् ।

मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको महतले बताए । मेलामा २ सयभन्दा बढी स्टल रहेका थिए ।

सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा भएको डान्स आइडलको बिजेता सन्जु तामाङ बन्न सफल भएकी थिइन् भने फर्स्ट रनरअप मोनालिशा धामी, सेकेण्ड रनरअप बिपिना तामाङ, बेष्ट प्रफरमेन्स करुणा खड्का र पंक्चुअलिटीको टाईटल रुना सुनामले जित्न सफल भएका थिए ।

महोत्सवको केहि रकम महोत्सब आयोजक संस्थामार्फत मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको अध्यक्ष महतले बताए । आइतबार मेलाको एक कार्यक्रमकाबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललले समापन गरेका छन् ।

उक्त महोत्सवमा दर्जनौं राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप