९५ लाख २५ हजार थान मतपत्र छपाइ सकियो, आचारसंहिता उलंघन गर्ने विभिन्न दलसँग जवाफ माग
सोमबार, ०५ वैशाख २०७९, १६ : ३२
निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइएको जनाएको छ । आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिएको छ ।
सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र नेताहरुसँग जवाफ माग गरिएको पनि जनाएको छ । आयोगले विभिन्न राजनीतिक दल र नेताहरुले आचारसंहिता उलंघन गरेको भन्ने गुनासोका आधारमा जवाफ माग गरिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेश गरेको र केही आउने क्रममा रहेको जनाएको छ ।
यस्तै आयोगले १ करोड ९४ लाख मतपत्र मध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण