
नेपाली सेनाले माग्यो पत्रकार

नेपाली सेनाले नेपाली सेनाको मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोलेको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक उपसेनानी (समाचार सम्पादक/वाचक) मा ३ जनाका लागि भर्ना खोलेको जंगी अड्डाले जनाएको छ ।
जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ ।
त्यसरी दरखास्त दिन चाहनेका लागि पुरुषको हकमा १८ वर्ष पुरा भई २९ वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । छनौट भएका उमेदवारहरूले नेपाली सेनाको मिडिया (सिपाही पाक्षिक पत्रिका, नेपाली सैनिक रेडियो कार्यक्रम, माटोले माग्दैन आफैले दिनुपर्छ टेलिभिजन कार्यक्रम र अनलाइन) मा कार्य गर्नुपर्ने र कार्यक्षेत्र जंगी अड्डा भद्रकाली रहने सेनाले जनाएको छ । इच्छुकलाई गत चैत १४ देखि ७९ बैशाख १४ सम्म र वैशाख १४ गतेदेखि २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने पनि सेनाले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ