जारी आईपीएलमा ‘ओरेन्ज क्याप’ जित्न सक्ने पाँच खेलाडी
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता भारतमा जारी छ । जहाँ संसारभरका खेलाडी विभिन्न दश टोलीबाट आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।
आईपीएलमा हरेक वर्ष सबैभन्दा धेरै रन बनाउने ब्याटरलाई ‘ओरेन्ज क्याप’ दिने प्रचलन रहेको छ । यस सिजनमा केही ब्याटर चौका र छक्का प्रहार गरिरहेका छन् । जारी आईपीएलको छैटौं चरणका खेल जारी छन् र यसै चरणबाट केही खेलाडीले आफू ओरेन्ज क्यापको दाबेदारी भएको जनाएका छन् ।
पाँच ओरेन्ज क्यापमा हकदार
जस बटलर
राजस्थान रोयल्सका लागि ओपनिङ गर्ने इंग्ल्यान्डका ब्याटर जस बटलर यस वर्ष ओरेन्ज क्याप जित्ने सबैभन्दा बलिया दाबेदार हुन् । बटलरले आईपीएल-२०२२ मा एक सानदार शतक बनाएका छन् । उनले पाँच खेल खेल्दासम्म २७२ रन बनाएर ओरेन्ज क्याप जित्ने खेलाडीको सूचीमा आफूलाई शीर्षस्थानमा राखेका छन् ।
केएल राहुल
पछिल्लो दुई तीन आईपीएलमा ओरेन्ज क्यापको दाबेदारीमा सधै देखिएने नाम हो केएल राहुल । यस वर्ष समेत राहुलले आफूलाई दाबेदारीमा प्रस्तुत गरेका छन् । जारी आईपीएलमा उनले एक शतक प्रहार गर्दै ६ खेलमा २३५ रन बनाएका छन् र दाबेदारीको सूचीमा दोस्रो स्थानमा राखेका छन् ।
हार्दिक पाण्डे
यसपटक आईपीएलमा सबैलाई स्तब्ध पार्ने अर्काे नाम हो हार्दिक पाण्डे । भारतीय अलराउन्डर तथा गुजरात टाइटन्सका कप्तानसमेत हुन् हार्दिक । हार्दिकले पाँच खेलमा २२८ रन बनाएका छन् र आफूलाई ओरेन्ज क्याप दाबेदारमा तेस्रो स्थानमा उभ्याएका छन् ।
लियाम लिभिङस्टोन
ओरेन्ज क्यापको दौडमा यसपटक पञ्जाब किंङ्सका घातक ब्याटर लियाम लिभिङस्टोनसमेत देखिएका छन् । उनले ६ खेलमा २२४ रन बनाएका छन् । जारी लिगमा आक्रामक खेलकै कारण इंग्ल्यान्डका यी खेलाडी दाबेदारमा रहेका हुन् ।
राहुल त्रिपाठी
सनराइजर्स हैदराबादका ब्याटर राहुल त्रिपाठी ओरेन्ज क्यापको दाबेदारमा रहने पाँचौ खेलाडी हुन् । जारी लिगमा राहुल राम्रो लयमा समेत छन् । उनले ६ खेल खेल्दा २०५ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या