श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रिमण्डल गठन
सोमबार, ०५ वैशाख २०७९, १४ : १६
कोलम्बो–संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल नियुक्त गरेका हुन् ।
राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । तर, उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए । तर, उनले अहिले आफ्नो पार्टीका केही सदस्यलाई विभिन्न पदमा पुनः नियुक्त गरेका छन् ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि यो श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । दैनिक १२ घन्टा लोडसेडिङ, खाद्यान्न, औषधि र इन्धनको अभावले चौतर्फी असन्तुष्टि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने
-
राप्रपाद्वारा मन्थलीका बाढीपीडितहरूलाई राहत सामग्री वितरण
-
कुन तरकारीको मूल्य कति पुग्यो ?
-
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
-
नवरात्री सुरु भएसँगै दक्षिणकाली मन्दिरमा दर्शनार्थीको भीड (फोटोफिचर)
-
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार