बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे
अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । “यो मौसममा प्रायः पर्यटकको जङ्गली जनावर हेर्ने इच्छा पूरा हुन्छ”, चौधरीले भने ।
बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जङ्गल हिँड्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
“चालू आर्थिक वर्षको हालसम्म नौ हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, “जसमध्ये सात देशका पर्यटकले निकुञ्ज घुमेका छन् ।”
आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ । कोभिड–१९ महामारीका कारण गत आर्थिक वर्षमा जम्मा आठ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । चालू आवको चैत महिनासम्म १० हजारभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन