आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु
सोमबार, ०५ वैशाख २०७९, १३ : १५
भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो ।
आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप ६ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।
यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकको जिउधनको सुरक्षा गर्न सरकार उदासिन देखियो : कोइराला
-
भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
-
झ्याप्ले खोलामा बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु
-
बाढीबाट प्रभावित काठमाडौँ महानगरका विद्यालय आइतबार बन्द हुने
-
उद्धारका लागि १० हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन
-
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो