महर्जनद्वारा निर्देशित डकुमेन्ट्री अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिवलमा छनोट
महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारी सम्बन्धी नेपालको अभियानः वर्जित मान्यतासँग सामना’ जर्मनीमा आगामी १–३ जुलाईमा हुने १८ औं अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ ।
यो डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्र्तराष्ट्रिय मल्टिमिडिया जर्नालिस्ट डर्क गिल्सनले गरेका हुन् भने निर्देशन फिल्म मेकर तथा डकुमेन्ट्री निर्माता रजिन महर्जनले गरेका छन् । यो डकुमेन्ट्रीकी प्रस्तोता नायिका तथा फिल्म निर्माता केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूत छिन् ।
डकुमेन्ट्री सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको हो । यसमा महिनावारीको समयमा महिला तथा किशोरीहरुले स्कुल, परिवार र समाजमा भोग्नुपर्ने समस्या र भेदभाव तथा यसको अन्त्यका लागि भएका प्रयासबारे उल्लेख गरिएको छ ।
पछिल्लो समयमा सरोकारवाला निकायहरुले महिनावारीमा वर्जित सामाजिक मान्यताहरु परिवर्तनका लागि विभिन्न भूमिका खेलेका छन् । जसबाट समाजमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै सामाजिक बन्धनहरू कायमै छन् भने महिनावारी स्वास्थ्यबारे चेतनाको अभाव छ ।
विद्यालय पाठ्यक्रममा महिनावारी स्वास्थ्यका बारेमा केही दशकदेखि नै समावेश गरिएको छ । महिलामा आउने शारीरिक परिवर्तनमध्येको एक परिवर्तन महिनावारीबारे हाम्रो समाजमा रहेका गलत मान्यता र यसमा विस्तारै आउँदै गरेका परिवर्तनबारे समेत डकुमेन्ट्रीमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम क्षेत्रमा महिनावारीको समयमा महिलाहरुले छाउगोठमा बस्नुपर्ने बाध्यता छ । समाजमा प्रचलित धेरै अन्धविश्वासका कारण महिनावारी भएका महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्ध भन्दै थुप्रै बन्देज एवं निषेध गर्ने व्यवहारहरु हुने गरेका छन् । यो डकुमेन्ट्री महिनावारीबारे वर्जित मान्यतामा परिवर्तन ल्याउने अभिप्रायले निर्माण गरिएको हो ।
यो डकुमेन्ट्री यसअघि टोरोन्टो इन्टरनेशनल वुमन्स फिल्म फेस्टिभल, २०२२ र डब्लुएचओ हेल्थ फर अल फिल्म फेस्टिभल, २०२२ मा पनि छनोट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना