शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कालोपत्र गरिरहेको उपकरणमा आगलागी

सोमबार, ०५ वैशाख २०७९, १२ : २४
सोमबार, ०५ वैशाख २०७९

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्र गरिरहेको एक उपकरणमा आगलागी भएको छ । बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना १ क ३०४४ नम्बरको अलकत्रा छर्ने उपकरणमा आगलागी भएको हो ।

कालोपत्रका लागि अलकत्रा  तताइएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको उपकरणका सहचालक टुप्पीनारायण तिमिल्सिनाले जानकारी दिए । आगलागी भएपछि कालोपत्रको काम रोकिएको छ । अमर माध्यामिक विद्यालय नजिकै रहेको सो उपकरणमा आगो लागेपछि गाउँ र विद्यालय बचाउन चालकले जोखिम मोलेर त्यसलाई बस्तीदेखि टाढा पुर्याएको सहचालक तिमिल्सिनाले बताए ।

स्थानीयवासी, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र मेहर गणका सेनानी आशिष देवकोटाको नेतृत्वमा रहेका सैनिक टोलीले आगो नियन्त्रणमा लिएको थियो । उक्त उपकरण पूर्णरुपमा क्षति पुगेकाले करोडौँको सम्पतिमा क्षति भएको निर्माण व्यवसायीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप