सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

उपमेयर चयनमा रामेछाप नगरपालिकामा एमालेभित्र लफडा

सोमबार, ०५ वैशाख २०७९, ११ : ५१
सोमबार, ०५ वैशाख २०७९

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको उपमेयर पदका लागि नेकपा एमालेमा विवाद देखिएको छ । गत चैत २५ गते उम्मेदवार छनोटका लागि बसेको नगरपालिका कमिटीको बैठकमा उपमेयर पदका लागि तीन जनाको दाबी परेको थियो । 

उपमेयर पदको लागि बिन्दा बराल घिमीरे, तारा रैकामगर र सीता कुमारी खत्रीले दाबी गरेका हुन् । यद्यपि जिल्ला कमिटी रामेछापको निर्णय अघि नै कमिटी अध्यक्ष आनन्द श्रेष्ठको ठाडो निर्देशनमा जिल्ला कमिटी उपसचिव होतराज ढकालले सीताकुमारी केसीलाई सर्वसम्मतको ट्याग लगाइदिएपछि विवाद उत्पन्न भएको हो ।

विवादका बीच नगर कमिटी बैठकमै सीता खत्रीले पार्टी कमिटीभन्दा बाहिरका व्यक्तिहरुलाई प्रवेश गराएर बिन्दा बराल र तारा रैकामगरलाई कुटपिट गर्ने र डर त्रास देखाइ दुर्वव्यवहारपूर्ण कार्य गरेको भन्दै उनीहरूले जिल्ला पार्टी कमिटी समक्ष कारबाहीको लागि माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप