‘नेपाल किन बनेन ?’ सार्वजनिक
स्वर्गीय पुष्करलाल श्रेष्ठको ‘नेपाल किन बनेन ?’ कृति सार्वजनिक गरिएको छ । श्रेष्ठले पत्रकारिताका क्रममा विभिन्न समयमा लेखेका राजनीतिक आलेखहरूको सङ्ग्रह हो– यो कृति । लोकप्रिय सिनेमा मासिक कामनाका संस्थापक प्रधान सम्पादकसमेत रहेका पुष्करलाल श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसर पारेर उक्त कृति सार्वजनिक गरियो ।
पुस्तकका प्रकाशक तथा श्रेष्ठका छोरा दिरेकलालले नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवद्र्धनका लागि पिताले पूरै जीवन समर्पण गरेको बताए । उनले भने, “उहाँका आलेखहरूमा सत्यता र निर्भीक विश्लेषण तथा देशप्रतिको चिन्ता र माया देखेर नै मैले पुस्तकका रूपमा प्रकाशित गर्न आवश्यक ठानेको हुँ ।” नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुने उनको भनाइ रहेको छ ।
आज देश चुनावको माहोलमा गइसकेको छ । यस पुस्तकमा लेखक श्रेष्ठले विगत ३० वर्षका सन्दर्भलाई समेटेर नेपाल नबन्नुका कारण खोतलेका छन् । मतदानमा जान लागेका हरेक नेपालीलाई असल उम्मेदवार छान्न यो पुस्तक अभिप्रेरक हुनसक्छ । कुल ३०० पृष्ठको यो कृतिको मूल्य रु. ६०० रहेको छ ।
२०७६ वैशाख ४ गते ६१ वर्षको अल्पायुमै दिवङ्गत भएका श्रेष्ठ नेपालमा व्यावसायिक विकासका संस्थापक मानिन्छन् । मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि उनको जीवन बुझ्नका निम्ति पनि यो पुस्तक सहायक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा