बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘नेपाल किन बनेन ?’ सार्वजनिक

सोमबार, ०५ वैशाख २०७९, ११ : ३७
सोमबार, ०५ वैशाख २०७९

स्वर्गीय पुष्करलाल श्रेष्ठको ‘नेपाल किन बनेन ?’ कृति सार्वजनिक गरिएको छ । श्रेष्ठले पत्रकारिताका क्रममा विभिन्न समयमा लेखेका राजनीतिक आलेखहरूको सङ्ग्रह हो– यो कृति । लोकप्रिय सिनेमा मासिक कामनाका संस्थापक प्रधान सम्पादकसमेत रहेका पुष्करलाल श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसर पारेर उक्त कृति सार्वजनिक गरियो । 

पुस्तकका प्रकाशक तथा श्रेष्ठका छोरा दिरेकलालले नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवद्र्धनका लागि पिताले पूरै जीवन समर्पण गरेको बताए । उनले भने, “उहाँका आलेखहरूमा सत्यता र निर्भीक विश्लेषण तथा देशप्रतिको चिन्ता र माया देखेर नै मैले पुस्तकका रूपमा प्रकाशित गर्न आवश्यक ठानेको हुँ ।” नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुने उनको भनाइ रहेको छ । 

आज देश चुनावको माहोलमा गइसकेको छ । यस पुस्तकमा लेखक श्रेष्ठले विगत ३० वर्षका सन्दर्भलाई समेटेर नेपाल नबन्नुका कारण खोतलेका छन् । मतदानमा जान लागेका हरेक नेपालीलाई असल उम्मेदवार छान्न यो पुस्तक अभिप्रेरक हुनसक्छ । कुल ३०० पृष्ठको यो कृतिको मूल्य रु. ६०० रहेको छ । 

२०७६ वैशाख ४ गते ६१ वर्षको अल्पायुमै दिवङ्गत भएका श्रेष्ठ नेपालमा व्यावसायिक विकासका संस्थापक मानिन्छन् । मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि उनको जीवन बुझ्नका निम्ति पनि यो पुस्तक सहायक हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप