शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

दोस्रो स्थानमा उक्लने राजस्थान र कोलकाताको लक्ष्य

सोमबार, ०५ वैशाख २०७९, ११ : ३०
सोमबार, ०५ वैशाख २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र कोलकाता नाइड राइडर्सले प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने राजस्थान र कोलकाता बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै राजस्थान तालिका को दोस्रो स्थानमा उक्लने योजनामा छ ।

लिगमा ५ खेल खेलेको राजस्थान ६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । राजस्थानले आजको खेलमा जित निकाल्न सकेमा तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । यता कोलकाता पनि आजको खेलमा सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको कोलकाता ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप