मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

जनतासँग तमसुक गर्दै उन्नत लोकतन्त्र पार्टी

सोमबार, ०५ वैशाख २०७९, ११ : १८
सोमबार, ०५ वैशाख २०७९

आगामी वैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रीत गरेर उन्नत लोकतान्त्र पार्टी मकवानपुुरले जनतासंँग आफ्ना उम्मेदवारहरुलाई तमसुक गराउने प्रक्रिया सुरु गरेको छ । आइतबार हेटौंडाको शितलमहल चोकमा आयोजित एक कार्यक्रमा सो पार्टीको तर्फबाट हेटौडा उपमनपामहागरपालिकाका मेयर पदका उम्मेदवार अयोध्या कुमार भट्टराईले मतदातालाई तमुसुक गरी दिएका हुन् । तमसुकमा निर्वाचनमा प्रतिवद्धता जनाए अनुसारको काम विजयी भएपछि नगरेमा फिर्ता बोलाउन पाउने अधिकार मतदातालाई दिइएको भनिएको छ ।

आफूले गरेका प्रतिबद्धता पूरा नगरे जनताले आफुलाई दिएको भोट फिर्ता लिएर पदबाट रिकल (फिर्ता बोलाउन) मञ्जुरी रहेको तमसुक मतदातालाई गरिदिएको सो पार्टीका केन्द्रीय अध्यक्ष स्वागत नेपालले जानकारी दिए ।

सो पार्टी ले मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने तमसुकमा उल्लेख गरेको छ । तमसुकमा बत्ति, पानी, स्वास्थ्य  शिक्षा र भुमिहीनलाई निःशुल्क आवास उपलब्ध गराउनेसमेत उल्लेख छ ।  कार्यक्रममा केन्द्रीय अध्यक्ष नेपालले आफूले जतततै सकारात्मक प्रतिकृया पाएकाले आफ्ना पार्टीका उम्मेदवारहरुले राम्रो मत पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप