१० खेलाडीमा सीमित एट्लेटिको विजयी
सोमबार, ०५ वैशाख २०७९, ०७ : ४६
एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सीमित एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५२ औं मिनेटमा यानिकले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । एट्लेटिको खेलको ७१ औं मिनेटमा १० खेलाडीमा समेटियो । एट्लेटिकोका जिओफ्रीले रातो कार्ड खाएर मैदान बाहिरिए ।
स्पानियोलका लागि खेलका ७४ औं मिनेटमा राउल डी टोमसले गोल गर्दै स्पानियोललाई बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा यानिकले पेनाल्टीबाट गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए । जितसँगै एट्लेटिकोले ३२ खेलमा ६० अंक जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’