बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चेल्सी एफए कपको फाइनलमा

सोमबार, ०५ वैशाख २०७९, ०७ : १६
सोमबार, ०५ वैशाख २०७९

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै चेल्सी फाइनल प्रवेश गरेको हो ।

वेम्बली स्टेडियममा चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मेसन माउन्टले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो । खेलको ६५ औँ मिनेटमा रुबेनले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । अब चेल्सीले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप