आईपीएलमा चेन्नई गुजरातसँग पराजित
सोमबार, ०५ वैशाख २०७९, ०६ : ३९
चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी(२० क्रिकेटमा पाँचौ जित निकालेको छ । आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए । अम्बाती रायडुले ४६ रनको योगदान गरे । जितसँगै गुजरात ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको चेन्नई २ अंक जोडेर नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका दुई एसपीसहित ७ जनालाई विभागीय कारबाही सिफारिस
-
एउटा झुलले खुसी ल्यायो दलित बस्तीकी दुखीलाई
-
क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति
-
प्रदेशसभामा ज्ञानबहादुरले राखे तामाङ भाषामा मन्तव्य
-
सङ्गठन निर्माणमा घनश्यामले देखेका ११ चुनौती (पूर्ण पाठसहित)
-
सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल