सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

युवा व्यवसायी तथा समाजसेवी सिग्देल चन्द्रलोक प्रतिष्ठाबाट सम्मानित

आइतबार, ०४ वैशाख २०७९, २३ : ४४
आइतबार, ०४ वैशाख २०७९

युवा व्यवसायी तथा समाजसेवी मधुसूदन सिग्देल चन्द्रलोक प्रतिष्ठाबाट सम्मानित भएका छन् । लामो समयदेखि अटोमोबाइल तथा यातायात व्यवसायको क्षेत्रमा रहेर पनि निरन्तर सामाजिक सेवा  सक्रिय रहेकाले प्रतिष्ठानले सिग्देललाई सम्मान गरेको हो ।

व्यवसायी सिग्देल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी का इन्भाइरोमेन्ट प्रमुख रहेका छन् । सोही संस्थामार्फत निरन्तर समाज सेवामा लागेका सिग्देललाई उच्च सम्मान गर्दै कदरपत्र प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले सिग्देललाई कदरपत्र प्रदान गरे । सोही समारोहमा पूर्वमन्त्री शंकर कोइरालासँगै अन्य विशिष्ट व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । 

सामाजिक कार्यमा सक्रिय सिग्देलले एभ ट्रेडिङ मार्फत सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर चलाउँछन् भने गल्फ लुब्रिकेन्टको काठमाडौंका लागि आधिकारिक डिलर समेत चलाउँदै आएका छन् । सिग्देल अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको लुब्रिकेन्ट समिति सदस्य समेत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप