शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लेस्टर पराजित, वेस्टहम बराबरीमा रोकियो

आइतबार, ०४ वैशाख २०७९, २२ : ३४
आइतबार, ०४ वैशाख २०७९

लेस्टर सिटीले प्रिमियर लिग फुटबलमा हार व्यहोरेको छ । आइतबार भएको खेलमा लेस्टर न्युक्यासल युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको हो । लेस्टरले सुरुवाती लिएको १–० गोलको अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।

न्युकासललाई जित दिलाउन ब्रुनो गुइमारेसले दुई गोल गरे । लेस्टरका लागि लुकम्यानले एक गोल फर्काए । जितसँगै न्युकासलले ३२ खेलमा ३७ अंक जोडेर १४ औं स्थानमा छ । यता लेस्टर ४० अंक जोडेर नवौं स्थानमा छ ।
आज नै भएको अर्काे खेलमा वेस्ट ह्याम र बर्नलीले १–१ गोलको बराबरी खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा वेस्टहमले बराबरी खेल्दै अंक बाडेको हो । बराबरीसँगै वेस्टहमले ३३ खेलबाट ५२ अंक जोडेको छ । लेस्टर तालिकाको सातौं स्थानमा छ । पराजित बर्नली ३१ खेलबाट २५ अंक जोडेर रेलिगेसन जोनमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप