मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस, भावी आईजीपीको बाटो स्पष्ट

आइतबार, ०४ वैशाख २०७९, २२ : १३
आइतबार, ०४ वैशाख २०७९

सशस्त्र प्रहरीको रिक्त रहेको अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)मा डीआईजी राजु अर्याल सिफारिस भएका छन् । उनको सिफारिससँगै अर्याल भावी आईजीपी बन्ने बाटो पनि खुलेको छ।  
आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको आइतबार बसेको निर्णयानुसार उनको नाम सिफारिस भएको गृह मन्त्रालयले जनाएको छ। यसबारे सशस्त्र प्रहरी नियमावलीको नियम ३८ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि सूचनासमेत आइतबार नै प्रकाशित गरिएको छ।  बढुवा सिफारिस उपर चित्त नबुझे सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिन भित्र उजुरी दिन सक्ने सूचनामा भनिएको छ ।

एआईजीमा बढुवा हुन ४ जना डीआईजीले आवेदन दिएका थिए ।  चैत ३० मा बढुवा समितिका सदस्य–सचिव आईजीपी पुष्पराम केसीले प्रतिस्पर्धीहरुलार्ई ३ दिने सूचना जारी गरेका थिए । बढुवाका लागि डीआईजीहरू राजु अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहालले आवेदन दिएका थिए । डीआईजी अर्याल बरियताको एक नम्बरमा थिए भने उनै सिफारिस भएका हुन् । 

एआईजीमा बढुवा हुने अधिकृत २०७९ वैशाख १८ पछि आईजिपी नियुक्त हुन्छन् । आईजीपीको प्रतिस्पर्धा अन्त्य हुने हुनाले एआईजी बढुवालाई महत्वका साथ हेरिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् । केसीसँगै एआईजी रामशरण पौडेल पनि अवकाशमा जान्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप