आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चुनाव सार्न सम्पूर्ण सेटिङ परिचालन गर्ने कोशिस हुँदैछ : पोखरेल

आइतबार, ०४ वैशाख २०७९, २२ : ०९
आइतबार, ०४ वैशाख २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सत्ता गठबन्धनमाथि खनिएका छन् । उनले स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा गठबन्धन खडा गरिएको भन्दै सो गठबन्धन आफ्नै पापको भारीले किचिँदै गरेको आरोप लगाएका हुन् । 

सामाजिक सञ्जालमार्फत उनले गठबन्धन चुनाव सार्ने बहानामा रहेको आरोप लगाएका छन् । विभिन्न बहानामा निर्वाचन सके टार्ने–नभए सार्ने अन्तिम आपराधिक योजनामा गठबन्धन आफूले खडा गरेका ‘सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोसिसमा रहेको उनको आरोप छ । 

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा खडा गरिएको गठबन्धन शायद आफ्नै पापको भारीले किचिँदैछ । विभिन्न बहानामा निर्वाचन सके टार्ने –नभए सार्ने अन्तिम आपराधिक योजनामा आफूले खडा गरेका ‘सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोशिस गर्न खोजिँदैछ ।’ उनले यसतर्फ सावधान हुनु र सबैतिरबाट खबरदारी गर्नु जरूरी रहेको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप