आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रावतीमा युवतीको शव फेला, पहिचान खुलेन

आइतबार, ०४ वैशाख २०७९, २२ : ०४
आइतबार, ०४ वैशाख २०७९

इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ । करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आज फेला परेको हो ।

दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ । उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो । शव फेला परेपछि प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज,दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप