शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै तोडफोडमा उत्रिए विद्यार्थी
नवलपरासीमा शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु तोडफोडमा उत्रिएका छन् । जिल्लाको गैँडाकोट– ५ स्थित जनक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रधानाध्यापक तथा शिक्षकको मोटरसाइकल तोडफोड गरेपछि लफडा भएको प्रहरीले जनाएको छ । घटनामा नियन्त्रण लिने क्रममा इलाका प्रहरी कार्यालय गाडाकोट प्रहरी निरीक्षक सहित १० जना घाइते भएको जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) डीएसपी सन्तोष पाठकले रातोपाटीलाई बताए ।
कक्षा १२ मा अध्ययनरत छात्रालाई शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यार्थीले विद्यालयमा समेत तोडफोड गरेका छन् । घटना केही दिनअघि भएपनि आज विद्यार्थीहरुले थाहा पाएपछि विद्यालय अशान्त भएको प्रहरीले जनाएको छ । प्रधानाध्यापकले विद्यालयभित्रै घटना मिलाउन खोजेपछि विद्यार्थी आक्रोशित हुँदै नाराबाजी गरेको भिडियो सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि