धादिङमा तालमेलको प्रारम्भिक खाकामाथि गठबन्धनको सहमति
धादिङमा सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा उम्मेदवारी भागबण्डाको बारेमा प्रारम्भिक खाकामा सहमति भएको छ । जिल्लाका सबै पालिकामा गठबन्धनलाई कायम राखेर जाने उद्देश्य अनुसार दलहरुले भागबण्डाका बारेमा प्रारम्भिक खाका तयार पारेर सहमति जुटाएका हुन् ।
सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाका प्रतिनिधिबीच आइतबार भएको छलफलले जिल्लाका पालिकाहरुमा उम्मेदवार उठाउने विषयमा आ–आफ्नो दाबी प्रस्तुत गर्दै भागबण्डाको प्रारम्भिक खाका तयार पारी सहमति जुटाएको नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिए ।
जिल्लाका १३ वटै स्थानीय तह र वडा तहमा केन्द्रले तोकेको भागबण्डाको आधार र मापदण्ड अनुसार दलीय भागबण्डा गर्न आ–आफ्नो तर्फबाट दाबी गरी प्रारम्भिक खाका तयार पारेको उनले बताए ।
उक्त खाकामा थप छलफलपछि मात्र निर्णयमा पुग्ने र उम्मेदवारको विषय टुङ्ग्याउने उनले बताए । गठबन्धनका दलहरुले इमानदारिताका साथ सहमति पालन गरी साझा उम्मेदवारलाई चुनाव जिताउने सहमति भएको उनको भनाइ छ ।
उनका अनुसार कसको भागमा कुन पालिका दिने भन्ने विषय भने टुङ्गिएको छैन । सो विषयमा केन्द्रको निर्देशन अनुसार नै जसले जुन पालिका र वडा तहमा जितेको हो, त्यो दलले त्यहाँ आफ्नो उम्मेदवार दिने र एमालेले जितेको स्थानमा दोस्रो भएको पार्टी तथा हालको जनमतको आधारमा भागबण्डा गर्ने सहमति भएको उनको भनाइ छ ।
छलफलमा जिल्लाका १३ वटा पालिकामध्ये काँग्रेसले ७ वटा, माओवादीले ३ वटा र एकीकृत समाजवादीले ३ वटा पालिकामा आफ्नो दाबी गरेको बुझिएको छ । यद्यपि यसलाई नै अन्तिम मान्ने अवस्था भने नरहेको छलफलमा सहभागी एक नेताले बताए । यसबारे थप छलफल भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा
-
धरौटी आदेशपछि रास्वपामा उत्साह, अदालत राजनीतिक प्रभावमा नपरेको बुझाइ
-
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द