पल प्रकरणमा ‘पीडित’को प्रतिकुल बकपत्र : भनिन्–‘करणी भएकै छैन’
जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहको मुद्दामा आइतबार जिल्ला अदालत तनहुँमा पीडित नाबालिगको बकपत्र गरिएको छ । २०७८ फागुन फागुन १५ मा पक्राउ परेका शाह अदालतको आदेशले पुर्पक्षका लागी थुनामा छन् ।
‘पीडित’ नाबालिगले प्रतिकुल बकपत्र गरेकी छिन् । पीडितले जाहेरीमा उल्लेख गरेको विवरण भन्दा फरक बकपत्र गरेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले रातोपाटीलाई बताए । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफूसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । तर, आइतबार उनले अदालतमा भनेकी छिन्–‘करणी भएको होइन ।’
बकपत्रमा उनले सँगै बसेको कुरा पनि अस्वीकार गरेकी छिन् । फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको थियो । तर, बकपत्र गर्दा पीडितले ‘फरक कोठामा बसेको र करणी नभएको’ बताएकी छिन् ।
श्रेस्तेदार कुँवर भन्छन्–‘उहाँले प्रतिकुल बकपत्र गर्नुभएको छ, नाबालिगको बुवाको बकपत्र गर्न बाँकी छ ।’ पीडितका बुबा जिल्ला अदालत तनहुँमा हाजिर भएका छन् । यसअघि पीडितले पल शाह (पूर्णविक्रम शाह)ले तनहुँ स्थित प्रदीप थापाको घरमा आफूलाई बलात्कार गरेको दाबी गरेकी थिइन् ।
नाबालिगले शाह विरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि उजुरी गरेकी थिइन् । जिल्ला अदालत पूर्वी नवलपरासीले पनि उनलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
