निलम्बित गभर्नर अधिकारीको रिट सर्वोच्चमा दर्ता
आफूमाथि छानबिनका लागि समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको निवेदन दर्ता भएको छ । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित रिट लिएर अधिकारी सर्वोच्च पुगेका हुन् ।
सर्वोच्चका प्रवक्ता बिमल पौडेलले अधिकारीको निवेदन दर्ता भएको र मंगलबार सुनुवाइ हुनसक्ने बताए । अधिकारीमाथि छानबिनका लागि भन्दै सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको छ। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वत: निलम्बनमा परेका छन् ।
कुनै गल्ती वा अनियमितताको आधारमा नभइ प्रतिशोधका कारण सरकारले आफूमाथि छानबिन थालेको भन्दै अधिकारीले रिटमा उक्त निर्णय खारेजीको मागदाबी गरेका छन् । सर्वोच्चले प्रारम्भिक सुनुवाइ गरेर गभर्नर अधिकारीको निवेदनमा अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ । अन्तरिम आदेश दिएमा उनीमाथिको जाँचबुझ प्रक्रिया रोकिनेछ भने समिति गठनसँगै निलम्बनमा परेका उनी काममा फर्कनेछन् । तर, सर्वोच्च अदालतले अन्तरिम आदेश नदिए अधिकारीको निलम्बन निरन्तर रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा मिटरब्याजसम्बन्धी २८७ वटा उजुरी
-
भदौ २४ का दोषीलाई कारबाही गर्न सरकारसँग माधव नेपालको आग्रह
-
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा परेको मानवअधिकार संस्थाहरूको ठहर
-
अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति
-
२१ हजार घुससहित लेखा अधिकृत भट्टराई अख्तियारकाे फन्दामा
-
ट्रम्पको ५० प्रतिशत नयाँ भन्सार कर लागू भए जवाफ दिन क्यानडा तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण