२० हजार घुस लिइरहेको बेला टोखा मालपोतका खरिदार पक्राउ
आइतबार, ०४ वैशाख २०७९, २० : १८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालका खरिदारलाई घुस सहित पक्राउ गरेको छ । मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुसबापत् २० हजार रुपैयाँ माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले खरिदार विनोद तिवारीलाई सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर