मन्त्री रेग्मी अस्पतालबाट डिस्चार्ज
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन् । काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचार पछि आइतबार साँझ डिस्चार्ज भएर पुल्चोकस्थित मन्त्री निवास फर्किएकी हुन् ।
डिस्चार्जपछि अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन् । राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएर एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि बुधवार बिहान उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो । ज्वरो र भोमिटिङ्गको कारण पनि स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिन सम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको हो । मन्त्री रेग्मीलाई चिकित्सकले १ हप्ता निवासमै आराम गर्न सुझाव दिएको मन्त्रीका स्वकीय सचिव हिमाङ्क भण्डारीले बताए ।
स्वास्थ्यमा सुधार आएपछि अस्पताल प्रशासनले मन्त्री रेग्मीलाई आजै डिस्चार्ज गर्ने जानकारी गराएको थियो । मन्त्री रेग्मीले उपचारमा सहयोग गर्ने डाक्टर, चिकित्सक, नर्स , अस्पताल प्रशासन लगायत सम्पूर्णलाई धन्यवाद दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल