शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पन्जाबलाई हराउँदै हैदरावाद चौथो स्थानमा उक्लियो

आइतबार, ०४ वैशाख २०७९, १९ : ५३
आइतबार, ०४ वैशाख २०७९

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो ।

नावी मुम्बईमा पन्जाबले दिएको १५२ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदरावादका लागि एडेन मार्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै निकोलस पुरानले ३५ रन बनाए । त्यस्तै राहुल त्रिपाठीले ३४ रन बनाउँदा अविशेक शर्माले ३१ रनको योगदान गरे ।

बलिङतर्फ हैदरावादका लागि राहुल चहारले सर्वाधिक दुई विकेट लिए । त्यस्तै कगिसो रवाडाले एक विकेट हात पारे । यसअघि लिमा लिविंङ्टोनको अर्धशतकको सहयोगमा पन्जाबले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

३३ बल खेलेका लिविंङ्टोनले ५ चौका र ४ छक्को सहयोगमा ६० रनको योगदान गरे । त्यस्तै रारुख खानले २६ रन बनाए । बलिङतर्फ हैदरावादका लागि उमर मलिकले सर्वाधिक चार विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले तीन विकेट लिँदा थनगार्सु नटराजन र जगादेश सुचितले एक–एक विकेट लिए ।

जितसँगै हैदरावादले ६ खेलबाट ८ अंक जोडेको छ । हैदरावादले आफूलाई चौथो स्थानमा उकासेको छ । पराजित पन्जाब ६ खेलबाट ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप