सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

नाडाका प्रतिनिधिलाई अर्थमन्त्रीको जवाफ :  तत्काल गाडीको एलसी खुल्दैन

आइतबार, ०४ वैशाख २०७९, १९ : ३५
आइतबार, ०४ वैशाख २०७९

अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिहरुले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरि गाडी आयातमा लगाइएको प्रतिवन्ध खुल्ला गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ध्रुव थापासहित गएको प्रतिनिधि मण्डललाई जवाफ दिदै अर्थमन्त्री शर्माले तत्काल गाडी आयातमा लगाइएको एलसी प्रतिवन्ध नहट्ने बताए हुन् ।

बरु अहिलेको असहज परिस्थितिमा सरकारलाई सहयोग गर्न अर्थमन्त्री शर्माले व्यवसायीसँग आग्रह गरेका छन् । 'अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो । मलाई विश्वास छ, यसमा तपाईंहरुको पनि सहयोग मिल्नेछ ।'  निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति आपत्ती नजनाउन आग्रह गर्दै अर्थमन्त्री शर्माले भने, 'यो केही समयका लागि मात्र हो । वातावरण सहज भएपछि कुनै रोकटोक हुन्न । त्यतिबेलासम्मलाई साथ दिनुहोला ।'

सोही अवसरमा अर्थमन्त्री शर्माले अहिले अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताए । 'अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको छ । यो सर्वथा गलत हो । सरकार निकै संवेदनशील र सचेतका साथ मुलुकको अर्थतन्त्र सुधारमा लागेको छ ।' उक्त भेटका क्रममा नाडाका अध्यक्ष थापाले ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको र  वार्षिक १ खर्ब ५० अर्बभन्दा बढी राजश्वमा योगदान पु¥याउँदै आएको अटोमोबाइल क्षेत्रलाई राज्यले उपेक्षा गर्न नहुने बताए ।

प्रत्यक्ष रुपमा ९८ हजार भन्दा बढीलाई रोजगारी दिने र राज्यको आय स्रोतको मुख्य क्षेत्रलाई बन्देज गरेर मुलुकको विकास हुननसक्ने बताए । यसका लागि सरकारले तत्काल बैंक तथा वित्तीय  क्षेत्रबाट  जारी हुने प्रतितपत्र (एलसी)  खोल्ने खुलाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप